Logo

प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस प्रदेश १ को सभापतिको प्रतिष्पर्धामा गुरुराज घिमिरेले अग्रता कायम गरेका छन् । पछिल्लो मतगणना अनुसार उनी उद्धव थापाभन्दा २५ मतले अघि छन् ।

घिमिरेले १०८ मत ल्याउँदा थापाले ८३ मत ल्याएका छन् । घिमिरे संस्थापनइतर समूहका हुन् । उनी कोइराला परिवारसँग निकट छन् ।

थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनलाई सभापति शेरबहादुर देउवा समूहको पनि साथ छ । प्रदेश १ र बागमती प्रदेशमा देउवा सिटौलाको समिकरण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्