Logo

स्वतन्त्र कानून व्यवसायीहरु किन खनिए यी ठूला वकिलहरुसँग ? कारण यस्तो छ



काठमाडौं, १९ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनको औचित्य समाप्त भैसकेको छ । सर्वोच्च अदालत नियमित लयमा फर्किएपनि बार चलाउने ठूला अधिवक्ताहरुको कारण अरु कानून व्यवसायीहरु ठूलो मार्कामा परेका छन् । अहिले बारको आन्दोलनमा अग्रभागमा रहेका ठूला वकिलहरुलाई पैसाको त्यति समस्या छैन् । उनीहरुको फर्मको आर्थिक प्रोफाईल राम्रै छ ।

तर, स्वतन्त्र कानून व्यवसायीहरु भने बारको आन्दोलनका कारण ठूलो मर्कामा परेका छन् । कतिसम्म भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई असंवैधानिक र गलत बाटो प्रयोग गरेर हटाउने उनीहरुको योजना थियो । तर, त्यो योजना असफल भैसकेको छ । अहिले उनीहरु गोला प्रथा लागु भैसक्दापनि यसको सही तवरले कार्यान्वयन नहोस भनेर भाँजो हाल्नमा व्यस्त छन् ।

गोला प्रथा लागु भएको भोलिपल्ट बारका पदाधिकारी हड्ताली न्यायाधीशहरुको इजलाश–इजलाशमा पुगेर इजलास गठन नगर्न भनेको कुरा पनि मिडियामा आईसकेको छ। बारको आन्दोलनको उद्देश्य र नियत नै गलत थियो भन्ने कुरा पुष्टि भैसकेको छ । तर, बारको आन्दोलनका पर्दा पछाडिका खेलाडीहरु भने बारको नेतृत्व गरिसकेका व्यक्तिहरु शम्भु थापा, रमनकुमार श्रेष्ठलगायत भने अझैपनि न्यायालय अस्तव्यस्त बनाउन व्यस्त रहेको भनेर चर्चा चलिरहेको छ ।

उनीहरुले दलका नेताहरुलाई भेटेर प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन उक्साईरहेको कुरामा पनि बाहिर आएको छ । अहिले स्वतन्त्र कानून व्यवसायीहरुले बारको पदाधिकारीको राजीनामा माग्न थालेका छन् । उनीहरुले शुक्रबार ने बारका पदाधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाउने भनेका थिए । तर, प्रहरी प्रशासनको आडमा उनीहरुलाई बारको कार्यालयमा छिर्न दिईएको थिएन ।

उनीहरुले एक हप्ताभित्र अध्यक्ष चण्डेश्वर श्रेष्ठले राजीनामा दिनुपर्ने पनि माग राखेका छन् । स्वतन्त्र व्यवसायीहरुले ठूलो अधिवक्ताहरु जो अहिले बारको आन्दोलनको अग्रभागमा देखिएका ठूला वकिलहरुसँग रुष्ट बनेका छन् ।

ठूला वकिलहरुले वर्षौसम्म अब बहस नगरेपनि उनीहरुको जीवनशैलीमा कुनै असर नपर्ने तर आफूहरु भने दैनिक बहस/पैरवी गरेर अघि बढ्नेहरुलाई भने निकै कठिन भएको स्वतन्त्र कानून व्यवसायीहरुको गुनासो छ ।

कतिसम्म भने ठूला वकिलहरु शम्भु थापा, हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, पूर्णमान शाक्य, चण्डेश्वर श्रेष्ठ र ओमप्रकाश अर्यालहरु अहिले प्रधानन्यायाधीश जबराको विरुद्धमा उग्र रुपमा लागेका छन् । उनीहरु आर्थिक रुपमा सवल छन् । file photo



प्रतिक्रिया दिनुहोस्