Logo

काँग्रेस बागमती प्रदेश सभापतिको प्रतिष्पर्धामा २०२५ मत खस्यो, कस्ले जित्ला ?



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिको दोस्रो चरणको मतदान सकिएको छ । कुल २०२५ मत खसेको छ ।

शनिबार खसेको मतको ५० प्रतिशत तीनजनामध्ये कुनै उम्मेदवारले ल्याउन नसकेपछि बढी मत ल्याएका इन्द्र बानियाँ र जगदीश्वरनरसिंह केसीबीच प्रतिष्पर्धा भएको हो ।

बानिँया सभापति शेरबहादुर देउवा पक्षका हुन् । केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् । बानियाँलाई तेस्रो स्थानमा पुगेका भीमसेनदास प्रधानले समेत समर्थन गर्ने घोषणा गरेका छन् । यसकारण बानियाँको सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्