Logo

अनशनरत तारा बरालको जीवन रक्षाका लागि मानव अधिकार आयोगको अपिल



काठमाडौं, १९ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत तारा बरालको जीवन रक्षाका लागि सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । आयोगले जीवन जोखिममा राखेर अनशन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न बराललाई आग्रहसमेत गरेको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आग्रह गरिएको छ ।

गत कात्तिक ३० गतेदखि सर्वोच्च अदालतलाई पूर्णरूपमा तत्काल सञ्चालन गर्नुपर्ने, नेपाल बार एसोसिएसन कार्यालयअगाडि प्रदर्शन गर्दा महिलामाथि दुव्र्यवहार गरी अपशब्द बोल्ने वकिलहरुलाई कारवाही गर्नुपर्ने, एमसिसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्णरूपमा खारेज गर्नुपर्ने भन्ने माग राख्दै आमरण अनशनमा बसेकी थिईन् ।

अनशनरत बरालको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । आयोगको अनुगमन गर्दा बरालको स्वास्थ्यस्थिति थप जटिल अवस्थामा पुगेको जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्