Logo

मनी लन्ड्रिङ मुद्दमा पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन रिहा



एजेन्सी, २० मङ्सिर। विदेश जाने क्रममा मुम्बई विमानस्थलबाट मनी लन्ड्रिङ मुद्दमा पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ । मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो । प्रहरीले खोजेको बेला उपस्थित हुने सर्तमा ज्याकलिनलाई रिहा गरेको भारतीय संचारमाध्यम न्यूज बजले लेखेको छ ।

भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ’लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्। प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ।

अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्