तालिवानले सुरक्षाकर्मी र गुप्तचर मारेको भन्दै पश्चिमा मुलुकहरुद्वारा घोर भर्त्सना


एजेन्सी, २० मङ्सिर। अमेरिका, युरोपेली संघ र अन्य २० भन्दा बढी पश्चिमा मुलुकले तालिवानप्रति घोर भर्त्सना गरेका छन्। तालिवान सरकारले प्रतिसोधमा पूर्व अफगान सैनिक, अन्य सुरक्षाकर्मी र गुप्तचर मारेको भन्दै ती मुलुकहरुले आपत्ति जनाएका हुन्।

शनिबार ह्युमन राइट्स वाच (एचआरडब्ल्यु)ले पूर्व अफगान सरकारअन्तर्गत अफगान नेसनल सेक्युरिटी फोर्सेसका कम्तीमा ४७ सदस्य मारिएको वा बेपत्ता पारिएको भन्दै एक रिपोर्ट सार्वजनिक गरेको थियो। प्रतिशोधमा ती सदस्यहरुलाई तालिवानले नै मारेको वा बेपत्ता पारेको निष्कर्ष एचआरडब्ल्युले निकालेको थियो।

एचआरडब्ल्युको रिपोर्टपछि करिब अमेरिका, अष्ट्रेलिया, फ्रान्सलगायत ५० भन्दा बढी पश्चिमा मुलुकहरुले तालिवानप्रति गम्भीर आपत्ति जनाएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। अपराधिहरुलाई सजाय दिलाउने नाममा तालिवानले आपत्तिजनक कार्य गरेको र मानवअधिकारको गम्भीर उल्लंघन गरेकोमा तालिवान सरकारलाई आममाफीसमेत नदिने ती मुलुकहरुले बताएका छन्।-Photo: Agency