Logo

मैले ५० लाख लिएको छैन् भन्दै कोपिला उप्रेतीले गरिन् यस्तो खुलाशा



काठमाडौं, २० मंसिर । नेपाली चलचित्रका चर्चित अभिनेता निखिल उप्रेतीको पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने धेरै अगाडी भएपनि भर्खरैमात्र यो खबर बाहिर आएको थियो । निखिलले कोपिला उप्रेतीलाई भक्तपुरमा रहेको घर, ५० लाख र महिनाको ५० हजार दिने सहमतिमा डिबोर्स भएको बजारमा चर्चा भएको थियो ।

तर, कोपिलाले भने आफुले ५० लाख रुपैयाँ नलिएको बताएकी छिन् । सामाजिक सञ्ञालमा एक स्टाट्यटस लेख्दै सबै सत्य भएपनि ५० लाख रुपैयाँ लिएको चाँही असत्य भएको खुलासा गरेकी छिन् । उनले नचाहिदो समाचार नलेख्न पनि मिडियालाई आग्रह गरेकी छिन् ।

कोपिलाले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘मैंले बिना सम्पत्ति पति निखिल उप्रेतीजी संग सम्बन्ध विच्छेद गरे को हु।यो नयाँ ठिमीको घर आज भन्दा १४ वर्ष अगाडि नै मेरो नाममा नै थियो। हरेक महिनामा ५० हजार मैल पाएको छु ,यो सत्य हो। मैंले वहाको दोस्रो सन्तान ले निखिल जीको कानुनी नाम पाउन भनेर यो कठोर निर्णय लिएकी हु कूपया पत्रकार जी गलत समाचार न छापे । मैंले ५० लाख लिएको छैन । सक्दो यो खबर लाई शेयर गर्न सबैलाई अनुरोध गर्दछु । मेरो भावनालाई सम्मान गरिदिनुहोला ।’

निखिलले दोस्रो विवाह गरेदेखि नै उनीहरु अलग–अलग बस्दै आएका थिए । कोपिलाबाट निखिलका एक छोरा छन् । सञ्चिता लुइटेलसँग १३ वर्षअघि विवाह गरेका निखिल हाल दुई सन्तानसँगै एक अर्पाटमेन्टमा बस्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्