Logo

विवाहपञ्चमी: मङ्सिर २२ गते सार्वजनिक बिदा



काठमाडौँ, २० मङ्सिर। प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा दिइएको हो ।

शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधबार मुख्य दिन वैवाहिक कार्यक्रम आयोजना हुनेछ । यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन र शनिबार फूलबारी लीला मनाइएको छ भने आइतबार धनुष यज्ञ मनाइँदैछ ।

जनकपुरधाम उपमहानगरपालिकाले समेत विवाहपञ्चमीको अवसरमा नगरभित्रका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरिएको बुझिएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्