Logo

बिहेअघि नै विक्की कौशलको घरमा किन पुगिन् क्याट्रिना ?



एजेन्सी, २० मंसिर । बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफ बिहेको चार दिन अगाडि विक्की कौशलको घर पुगेकी छिन् । उनी विक्कीको घरमा पुगेको तस्बिर इन्टरनेटमा निकै भाइरल भइरहेको छ ।

क्याट्रिनाले ब्याकलेस ब्लाउजको साथ सेतो रंगको साडी लगाएको तस्बिरमा देख्न सकिन्छ । यस पारम्परिक तर स्टाइलिस पहिरनमा क्याट्रिना निकै सुन्दर देखिएकी छिन् । अभिनेत्रीको अनुहारमा विवाहको चमक स्पष्ट देखिन्थ्यो ।

कैफ र विक्कीको बिहे हुन अब केही दिन मात्रै बाँकी रहे पनि यो जोडीले यो खबर सार्वजनिक भने हालसम्म गरेका छैनन् । पापाराजीले भने हरेक जानकारी बाहिर ल्याइरहेका छन् । पछिल्ला केही दिनदेखि क्याट्रिना र विक्कीको घरबाहिर हलचल देखिएको छ ।

सार्वजनिक भएका तस्विर र भिडियोमा कट्रिनाको अनुहारमा खुशी र चमक देख्न सकिन्छ । बिहेअघि नै दुलाहाको घर पुगेकी क्याटको यो सेतो साडीको सामाजिक सञ्जालमा पनि निकै चर्चा छ । क्याट्रिना र विक्कीको ९ गते विवाह हुँदैछ, जसका लागि दुवै परिवार सोमबार अर्थात ६ डिसेम्बरमा राजस्थान जानेछन् ।

शाहरुख खानले सोही दिनबाट दीपिका पादुकोण र जोन अब्राहमसँगको ‘पठान’ को सुटिङ सुरु गर्दैछन्, सुटिङ मुम्बईको सेटमा हुनेछ ।
क्याट्रिना विक्की कौशलको घर जान घरबाट निस्किएपछि बाटोमा उनलाई ट्राफिक प्रहरीले रोकेको थियो । अभिनेत्री कैफको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियोमा फ्यानहरुले रमाइलो कमेन्ट गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्