Logo

पूर्वराजा शाह पनि जनता हो नि, मेरो उहाँसँग खुलस्त कुरा हुन्छ : महामन्त्री राणा (भिडिओसहित)



काठमाडौं, २० मंसिर । राप्रपाका नवनिर्वाचित महामन्त्री धवलशमशेर राणाले आफूहरुले निर्वाचनमा प्रस्तुत गरेको एजेण्डा मन पराएर महाधिवेशन प्रतिनिधिहरुले आफूहरुलाई नेतृत्वमा स्थापित गरेको सुनाए ।उनले अब राप्रपा नफुट्ने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले देशमा गणतन्त्र पूर्ण रुपमा असफल भैसकेको दाबी गरे ।

अहिले देशमा भ्रष्टाचार ह्वात्तै बढेको पनि उनको टिप्पणी थियो। उनले अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले निर्मल निवाससँग जोडेर लगाएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । उनले आफूहरुले एक/दुई लाख मागेर महाधिवेशनको लागि खर्च गरेको पनि सुनाए । उनले कमल थापा आफूले मान्ने व्यक्ति भएको सुनाए ।

उनले अहिले आफू र पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल तथा कुराकानी भैरहेको पनि सुनाए । र, छलफलमा देश, राजनीति र परिस्थितिको बारेमा बढि चर्चा हुने गरेको उनले सुनाए । उनले भने,‘उहाँपनि यो देशको एउटा जनता हो नि त, उहाँसँग मेरो खुलस्त कुरा हुन्छ । हामी भेट्न नपाउने ? कुरै गर्न नपाउने ? यो ठूला कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्