आफैले बोकेको बन्दुक पड्किदा मल्लको मृत्यु


तनहुँ, २० मंसिर । आफैले बोेकेको भरुवा बन्दुक पड्किदा एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेक ओखल्दी बस्ने ४७ वर्षीय सुन बहादुर गुरुङलाई १ थान भरुवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

गुरूङ र सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल तुरतुरे पाखामा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक अचानक पड्कन जाँदा आफै घाइते भई थप्रेक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले भरुवा बन्दुक सहित गुरुङलाई पक्राउ गरेको जनाएको छ ।