काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ को पार्टीको आन्तरिक चुनावलाई लिएर क्षमा मागेका छन् । उनले आफूबाट कमजोरी भएको भन्दै क्षमा मागेका हुन् ।
आज ट्वीट गर्दै कोइरालाले प्रदेश १ को चुनावमा मतदान नगरेकोमा स्पष्ट पार्दै क्षमा मागेका हुन् । प्रदेश १ मा उनीपक्षीय उम्मेदवार गुरुराज घिमिरे २ मतले पराजित भएका छन् । कोइराला परिवारको गढ मानिएको प्रदेश १ मा भएको पराजयले राजनीतिकवृत्तमा तरंग आएको छ ।
प्रदेश अधिवेशनमा केन्द्रीय नेताहरुले मतदान गर्न पाउने या नपाउने विषय शुरु देखि नै संशय भएकोले जटिलता आउननसक्ने भन्दै मतदान नगरेको स्पष्ट पारेका छन् ।
डा. कोइरालाले ट्वीटमा लेखेका छन्ः कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय शुरु देखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो।तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें।यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।




प्रतिक्रिया