Logo

विश्वभर ओमीक्रोनको त्रास, दाङमा भने महोत्सवको रौनक



काठमाडौं, २० मंसिर । चीनबाट उत्पत्ती भएको कोरोना भाइरसको तेस्रो भेरिएन्टको रुपमा दक्षिण अफ्रिकाबाट ओमीक्रोन भाइरस विश्वका ४० भन्दा बढी मुलुकमा फैलिसकेको छ । नेपालमा पनि आज मात्र दुईजना विदेशी नागरिकहरुमा ओमिक्रोन भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

छिमेकी राष्ट्र भारतमा पनि अहिलेसम्म २१ जना संक्रमित फेला परिसकेका छन् । अझ नेपालीहरुको बढी आवतजावत हुने दिल्लीमा पनि संक्रमण फेला परिसकेको छ । नेपाल सरकारले पनि ओमीक्रोन भाइरस पुष्टी भएका बिभिन्न ९ मुलुकबाट नेपाल प्रवेश गर्न रोक लगाइसेकेको छ । भारतसँग जोडिएका सिमा नाकामा कडाई गर्न सरकारले आग्रह समेत गरेको छ ।

यसका बावजुतपनि दाङको तुलसिपुरमा २ वटा महोत्सवको आयोजना गरिएको छ । तुलसिपुर चेम्बर अफ कमर्शले पुस १ गते देखि १२ गतेसम्म दाङको तुलसिपुरमा महोत्सव गर्ने तयारी गरेको छ भने चन्द्र सुर्य यातायात प्रालिले ‘पर्यटन प्रबर्धनको विकास’ भन्ने मूल नाराका साथ प्रथम प्रादेशिक फेस्टिबल मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने जानकारी दिइएको छ ।

महोत्सवमा सबै प्रकारका मनोरन्जनका सामाग्री समावेश गरिने आयोजकले जनाएका छन् । बाईक, सर्कश, कोलम्बस, रोटे पिङ लगायतका सामाग्री भारतीय कालिगडहरुले सञ्चालन गर्ने गरेका छन् । उनीहरु महोत्सव स्थलमा तयारीको लागि आइसकेका छन् ।

तर, फेन्सी लगायतका अन्य स्थानिय व्यवसायीहरुले महोत्वसवको विरोध गर्दै तुलसिपुर उप–महानगरपालिका र उद्योग बानिज्य संघमा ज्ञापनपत्र समेत बुझाएका छन् । कोरोनाको नयाँ भेरिएन्ट आएको समयमा मेला लगाउदा भाइरस छिटो फैलिने भन्दै आफुहरु विरोध उत्रीएको व्यवसायीहरुले जानकारी दिएका छन् । साथै, उनीहरुले महोत्सव आफुहरुको व्यापारमा समेत घाटा हुने बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले केही दिन अघि मात्र दाङको पुरानो नाका कोइलाबासको अवलोकन तथा अनुगमन गर्दै नाकामा सुरक्षा सतर्कता कडाइका साथ लागु गर्न सुरक्षा प्रमुखहरुलाई निदेर्शन दिएका थिए । तर, जमुनाह नाका हुँदै नेपाल प्रवेश गर्ने नाकामा भने प्रयाप्त मात्रामा सुरक्षा सतकर्ता अपनाइएको देखिदैन् ।

साथै, राप्ति समितिको बस दाङको तुलसिपुरबाट दिल्ली दैनिकरुपमा बस सञ्चालन हुँदै आएको छ । तर, दाङ–दिल्ली बस सेवामा कुनै पनि प्रकारका स्वास्थ्य सतर्कता अपनाइएको देखिदैन् । राप्ती समितीका कर्मचरीहरुका अनुसार बस आउँदा÷जादा नै फुल हुन्छ । तर, दिल्लीबाट दाङ आइपुगेका यात्रुहरुलाई केहिदिन क्वारेन्टाइनमा बसाउने व्यवस्था त परको कुरा होम क्वारेन्टिनमा बस्न अनुरोध समेत गरिएको छैन । पिसिआर टेस्ट गरेर मात्र घर फर्काउनु स्थानिय सरकारको दायित्व हो । तर, त्यसो हुन सकेको छैन । यसो गर्दा दाङका गाउँगाउँमा कोरोनाको नयाँ भेरियन्ट छैन् भन्न सकिदैन् । अझै पनि स्थानिय सरकारले दिल्लीबाट आएका यात्रुहरुको उचित व्यवस्थापन गर्ने र गाउँ पुगिसकेकाहरुको कन्ट्राक्ट ट्रेसिङ नगरे दाङको अवस्था भयाबह हुन सक्ने चिकित्सकहरु बताउछन् ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले महोत्वसवको लागि तुलसिपुर उप–महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यलयले स्र्वकृति दिईसकेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । यस्तै, रेग्मीले देशभर महाधिवेशन भइरहेको अहिलेको अवस्थामा अहिलेसम्म मेला, महोत्सव रोक्ने आदेश नआएको हुनाले स्वईकृति दिन बाध्य भएको बताए । साथै, उनले सरकारबाट यस्तो आदेश आएमा तत्काल रोकिने दाबी गरे ।

दिल्लीबाट आउने यात्रुको हकमा भने नाकासँग जोडिएका जिल्ला र सम्बन्धीत पालिकासँगको समन्वनयमा काम भइरहेको बताएका थिए ।
तर, यस विषयमा तुलसिपुर उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै अहिलेसम्म यो विषयको कसैले रिपोर्ट नगरेको र यातायात व्यवसायीहरुले पनि जानकारी नगराएको भन्दै गैरजिम्मवार जवाफ दिए ।

तुलसिपुर उद्योग बाणिज्य संघले पनि हिजो एक विज्ञप्ती जारी गर्दै आजको अवस्थामा मेला महोत्सव लगाउन नहुने भन्दै संचालन हुन लागेको महोत्सव प्रति संघको गम्भिर ध्यानकर्षण भएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्