Logo

कांग्रेस १४र्औं महाधिवेशन : शेखरको नेतृत्वमा युवाहरुको टिम बन्दै, उपसभापतिमा भण्डारी र महामन्त्रीमा गगन थापा उठ्ने



काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेखर कोइरालाले युवाहरुको साथ लिएर नयाँ टिम बनाउने कसरत गरेका छन् । आज उनले महाधिवेशनको लागि आफ्नो नेतृत्वमा टिम बनाउनेगरि छलफल पनि थालेका छन्।

उनीहरु अनुपम फूडल्याण्डमा आज छलफलमा जुटेका थिए । भेलामा सहभागी एक नेताकाअनुसार यसपटक सभापतिमा शेरबहादुर देउवालाई टक्कर दिनको लागि र नेतृत्वमा युवाहरुलाई स्थापित गर्नको लागि पनि मिलेर जानुपर्ने शेखरको प्रस्ताव थियो ।

यसअघि कांग्रेसमा १२ भाई भनेर चिनिएका युवा नेताहरुले सभापतिमा शेखरलाई साथ दिने भएका छन् । आजमात्रै सभापति शेरबहादुर देउवाले बालुवाटारमा आफूनिकट पत्रकाहरुसँगको छलफलमा आफू सभापतिमा उठ्ने र जित्ने आधार पनि बलियो भएको बताईसकेका छन् । देउवाले आफ्नो उम्मेघद्धवारीबारे घोषणा गरेपछि शेखरको नेतृत्वमा युवा नेताहरु पनि तातेका छन् ।

स्रोतकाअनुसार सभापतिमा शेखरलाई ने अघि बढाउने र उपसभापतिमा डा. चन्द्र भण्डारीलाई सार्ने युवा नेताहरुको तयारी छ। त्यस्तै, महामन्त्रीमा भने गगन थापालाई अघि सार्ने बुझिएको छ। कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा अहिले नेताहरुको सक्रियता बढेको छ । महाधिवेशन प्रतिनिधिहरु धमाधम काठमाडौं आउन थालेका छन् ।

पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४ औं महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौं आउने क्रम सुरू भएको हो। जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो।

उक्त सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रूपमा लिइन्छ। उक्त अधिवेशनले तत्कालीन अवस्थामा टंकप्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यबाहक सभापति बनाएको थियो। पार्टी स्थापना भएको झण्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा हुँदैछ। file photo



प्रतिक्रिया दिनुहोस्