Logo

युवा नेता आङगेलु शेर्पाले गरे केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका वैचारिक युवा नेता आङगेलु शेर्पाले आसन्न १४औं महाधिबेशनमा केन्द्रीय सदस्यमा पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेस सोलुखुम्बुको तीन कार्यकाल पार्टी सभापति भई कुशलता पुर्वक नेतृत्व गरेका नेता शेर्पाले यस पटकको महाधिबेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

वैचारिक रुपमा रुपान्तरण सहितको काँग्रेस निर्माण गरि जनमैत्री काँग्रेस बनाई आगामी तीन निर्वाचनसम्म काँग्रेसलाई लगातार विजयी गराउने आफ्नो मुख्य एजेण्डा भएको भन्दै काँग्रेस नेता शेर्पाले कार्यकर्ताको संरक्षण गरि मनोबल बढाउनुपर्ने आजको आवश्यक्ता रहेको बताए ।

त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनिति शुरु गरेका शेर्पाले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक जेल जीवन विताएका छन् भने दश बर्षे माओबादी द्वन्दकालमा जोखिम मोलेरै लोक जागरण अभियान संचालन गरेर चर्चा कमाएका थिए । नेपाली काँग्रेसको १० आँै जिल्ला अधिबेशनबाट ३२ बर्षको उमेरमा जिल्ला सभापति निर्वाचित शेर्पा नेपालकै कान्छो जिल्ला सभापति बनेका थिए ।

तत्कालिन अवस्थामा नेपाली काँग्रेसले संबैधानिक राजतन्त्रको बाटो अगाँलिरहेका बेला नेताहरु नरहरी आचार्य, आङगेलु शेर्पा लगायतका युवाहरुले गणतन्त्रको पक्षमा वकालत गरेका थिए । राष्ट्रिय स्तरका पत्रपत्रिकामा स्तम्भकारको रुपमा समेत काम गरेका शेर्पाले गणतन्त्रको पक्षमा लामो समय वकालत गरेका थिए ।

नेपालमा २०७२ सालको भुकम्पको बेला हिमाली जिल्ला सोलुखुम्बु र आसपासका क्षेत्रमा राहात र उद्धारको क्षेत्रमा ठूलो योगदान दिएका शेर्पाले कोरोनाको बेला हरेक स्थानीय तहमा विउ पुँजी कार्यक्रम संचालन गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवा समुहमा रहेका नेता शेर्पाले आफ्नो जिल्ला सोलुखुम्बुमा पौडेल पक्षीय नेता बलबहादुर केसीका उम्मेदवारलाई पराजित गरि संस्थापन पक्षका उम्मेदवारलाई जिल्ला सभापतिमा जिताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्