Logo

काँग्रेस सभापतिका लागि दुई दिनभित्र संस्थापनइतरको साझा उम्मेदवार तय गर्ने सहमति



काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापनइतरले दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने भएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका दाबेदार ४ नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए । ४ नेताले पावर सेयरिङसहित सभापतिको साझा उम्मेदवारबारे छलफल गरेका थिए ।

विश्वस्त स्रोतका अनुसार प्रदेशहरुको निर्वाचन परिणामलाई दृष्टिगत गरी नेताहरुले समिक्षा गरेका थिए । त्यस अनुसार साझा उम्मेदवार को बन्ने, भविष्यमा विभिन्न पदको बाँडफाँडसम्मबारे छलफल गरेका थिए ।

वरिष्ठ नेता पौडेल र महामन्त्री डा. सशांक कोइरालाले साझा उम्मेदवार बनाउन ढिलो गर्न नहुनेमा जोड दिदै सिह र कोइरालालाई सहमतिमा आउन आग्रह गरेका थिए । तर, ४ जना नेताकै दाबेदारी यथावत् रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot