Logo

शिर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्ने लक्ष्यमा म्याड्रिड र इन्टर



काठमाडौं, मंसिर २१। प्रतिष्ठित युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने समूह चरणको अन्तिम खेलमा रियल म्याड्रिड र इन्टर मिलान भिड्दैछन् । इस्टेडियो सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । यसअघिनै समूहचरण पार गरिसकेका दुवै टोली आज शिर्ष स्थानको लागि भिड्दैछन् ।

शेरिफसँग पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको म्याड्रिड त्यसपछिको सबै ४ खेल जित्दै १२ अङ्कको साथ समूहको शिर्ष स्थानमा रहेको छ । पछिल्लो ८ खेलमा जित निकालेको म्याड्रिड ला लिगाको शिर्ष स्थानमा रहेको छ ।

अक्टोबरको शुरुवातमा इस्पानियोलसँग २-१ गोलको हार बेहोरेपछि म्याड्रिड ११ खेलमा अपराजित रहेको छ । सिजनको शुरुवातमा १३ पटकको च्याम्पियन रियल म्याड्रिडलाई उपाधिको दाबेदारको रुपमा नहेरिएपनि पछिल्लो समय टोली अन्य टोली भन्दा बलियो देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्