Logo

रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने, ], NARZO 50A र NARZO 50I बजारमा उपलब्ध



काठमाडौं, २१ मंसिर । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजःNARZO 50A र NARZO 50I  ल्याउने भएको हो । कुनै पनि फिचरहरुमा सम्झौता नगरि आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुन् ।

लन्चको अवसरमा बोल्दै मुरारका ल्याउने ग्रुपका निर्देशक शिरिष मुरारकाले भने, “संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज NARZO 50A र NARZO 50I ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।”
RealMe NARZO 50A

MediaTek Helio G85 चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० ःए ट्रिपल ब्क्ष् क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

साथै यसको अगाडिपट्टि रहेको AI ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ ःए क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० ःAI को ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल इत्न् रिभर्स चार्ज र ज्ञडध् फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टीमिटर (६.५“) को मिनी ड्रप डिस्प्ले भएको च्भबःिभ ल्ब्च्श्इ छण्ब् मा अडियो र भिडियोको आनन्द लिँदै मजाले गेम खेल्न सकिन्छ ।

सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त RealMe NARZO 50A मा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ GBको) राख्न सकिन्छ, जुन २५६ GB सम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४GB+६४GB र ४GB+१२८GB को स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।

 

 



प्रतिक्रिया दिनुहोस्