Logo

आर्सनलमाथि एभर्टनको रोमान्चक जित



काठमाडौं, २१ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनलमाथि रोमान्चक जित निकालेको छ ।

सोमबार राति भएको खेलमा एभर्टनले आर्सनललाई २–१ गोल अन्तरले हराएको हो ।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा एक गोलको अग्रता उल्टाउदै घरेलु टोलीले रोमान्चक जित निकालेको हो ।

पहिलो हाफको इन्जुरी समयमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर, खेलको ७९ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

साथै, खेलको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनलाई २–१ को रोमान्चक जित दिलाएका थिए ।

यस जितसँगै एभर्टनले १५ खेलमा १८ अंक जोड्दै १२ औं स्थानमा रहेको छ ।

२३ अंक जोडेको आर्सनल सातौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्