Logo

साफ च्याम्पियनसिपकोलागि यू–१९ महिला फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दै



काठमाडौं, २१ मंसिर । बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागि हुन् नेपाली टोली आज (मंगलबार) बंगलादेश प्रस्थान गर्दैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली दिउँसो १ः४५ बजे बंगलादेश प्रस्थान गर्ने जानकारी दिएको छ ।

एन्फाले बंगलादेश जाने महिला यू–१९ टोलीलाई सोमबार नै बिदाइ गरिसकेको छ ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीमा अन्जना राना मगर, सावित्री किशन, अंकिता राई, सलोनी राना मगर, सबिना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता राना मगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की र मेनुका कुमारी आले मगर रहेका छन् ।

नेपालले यस संस्करणमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रीनेछ ।

प्रतियोगिता डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्