Logo

पिएसएलको ड्राफ्टमा ११ नेपाली खेलाडी



काठमाडौं, २१ मंसिर । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा ११ नेपाली खेलाडी परेका छन् ।

नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने रहेका छन् भने विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा आफ्नो नाम दर्ता गराएका छन् ।
यस्तै, अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीमा रहेका छन् ।

सिल्भरमा शरद भेष्वाकर, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, सुशन भारी, साहब आलम, ललित नारायण राजवंशी, पवन सरार्फ र विक्रम सोब रहेका छन् ।

ड्राफ्टमा खेलाडीलाई प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर श्रेणीमा विभाजन गरिने नियम रहेको छ । तर, पिएसएलले औपचारिक रुपमा ड्राफ्ट सार्वजनिक गर्न भने बाँकी नै छ ।

ड्राफ्ट १२ डिसेम्बरमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्