Logo

आज सुनचाँदीको भाउ घट्यो ? कतिमा हुँदैछ कारोबार



काठमाडौं, २१ मंसिर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउमा गिरावट आएको छ । मंगलबार सुनको मुल्यमा २ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको अनुसार चाँदी आज १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्