Logo

नागाल्याण्डः भारतीय सुरक्षाकर्मीद्वारा मारिएका १५ निर्दोष नागरिकको सामूहिक अन्त्यष्टि



एजेन्सी, २१ मङ्सिर। भारतीय सुरक्षाकर्मीद्वारा उत्तर-पूर्वी प्रान्त नागाल्यण्डमा मारिएका १५ निर्दोष नागरिकको सामूहिक अन्त्यष्टि गरिएको छ। शनिबार राति मारिएका उनीहरु सबैको नागाल्याण्डमै सामूहिक अन्त्येष्टि गरिएको हो।

ती नागरिकहरुको झुक्किएर मृत्यु भएको भारत सरकार र सुरक्षा बलद्वारा जारी विज्ञप्तिले जनाएको छ। विज्ञप्तिका अनुसार मारिनेमा नागाल्याण्डका आदिवासी कोन्याक समूहका १४ र १ सुरक्षाकर्मी गल्तीपूर्वक मारिएका हुन्। सुरक्षाकर्मीको गोलीबाट आइतबार थप एक नागरिकको मृत्यु भएको थियो।

म्यानमार सीमा नजिकै सुरक्षाकर्मीले आतंकवादीविरुद्ध अपरेसन थालेको थियो। उक्त अपरेसनमा ती नागरिक परेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्