Logo

म पार्टी सभापतिकै मान्छे हुँ : रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले आफु कुनै एक व्यक्तिको मान्छे नभएर पार्टी र पार्टी सभापतिको मान्छे भएको दाबी गरेका छन् । हिजो (सोमबार) राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले पार्टी सभापतिमा रामचन्द्र पौडेल भएको भएपनि आफु पार्टी र पार्टी सभापतिकै नेता रहेको बताए ।

साथै, उनले आसन्न १४औ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी दिने बताउदै आफुले कुनै एक व्यक्तिको प्यानलबाट नभएर समग्र पार्टीकै उम्मेद्वार रहेको दाबी गरे । यस्तै, उनले नेपाली काँग्रेस कसैको बपौती र पेवाको पार्टी नभएको भन्दै नेपाली काँग्रेसले गुटको नभएर जुटको राजनीति गर्नुपर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्