Logo

मोटरसाइकल ट्रकमा ठोक्किदा एकजनाको मृत्यु



काठमाडौं, २१ मंसिर । काठमाडौंमा भएको सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाण्डौको कोटेश्वर स्थित आकाशेपुल नजिकै गएराती रोकीराखेको ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको उपचारको क्रममा मृत्यु भएको हो ।

सडक किनारामा रोकीराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल गएराती सवा २ बजे ठोकिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको उपचारको क्रममा सिनामंगलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा गएराती नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्