Logo

चीनमा हुने हिउँदे ओलम्पिक बहिष्कारमा को को



एजेन्सी, २१ मंसिर । चीनमा सन् २०२२ मा हुने हिउँदे ओलम्पिकको अमेरिकाले कूटनीतिक बहिष्कार गरेको छ । उसले खेलाडी पठाएपनि खेल पदाधिकारी नपठाउने भएको छ । अमेरिकाले मानवअधिकार हननको विषय उठाउँदै यस्तो निर्णय गरेको हो । बेलायतले पनि कूटनीतिक बहिष्कार गरेको छ ।

तिब्बत, सिनजियाङ र हङकङमा चीनबाट नवअधिकार उल्लङ्घन भएको भन्दै ताइवानले पनि ओलम्पिक बहिष्कारको आव्हान गरेको छ ।

ताइवानको एनपीपीका विधायक चेन जिआउ हुआले पार्टीको तर्फबाट विभिन्न जातजाति, धार्मिक आस्था र यौन झुकावका मानिसहरूमाथि भइरहेको मानवअधिकार उल्लङ्घनका कारण चीन ओलम्पिक आयोजना गर्न अयोग्य रहेको तर्क गरेका छन् ।

चीनले मानवजातीलाई नै उनीहरुको अधिकारको प्रयोग गर्न नदिएको आरोप लगाउँदै हिउँदे ओलम्पिक आयोजना गर्न नदिन आग्रह गरेको छ । त्यहाँको सरकारले देशका प्रतिस्पर्धी खेलाडीहरूको सुरक्षा गर्दै शीतकालीन खेल बहिष्कार गर्ने प्रस्ताव गरेको बताइएको छ।

महिला र महिला खेलाडीहरूमाथि यौन र्दुव्यवहार गरिएको आरोप समेत लगाइएको छ। चीनमा पूर्व चिनियाँ पेशेवर टेनिस स्टार पेङ शुआइले पूर्व चिनियाँ उपप्रधानमन्त्री झाङ गाओली विरुद्ध लगाएको आरोप र चिनियाँ उच्च अधिकारीले घटनामा देखाएको प्रतिक्रियाले पनि चीन ओलम्पिक आयोजक बन्न नसक्ने ताइवानका सांसद्को धारणा छ।

सन् २०१३ देखि २०१८ सम्म चीनका उपप्रधानमन्त्री रहेका ७५ वर्षीया झाङ गाओलीले आफूमाथि यौन दुर्व्यवहार र जबरजस्ती यौन सम्बन्ध राखेको शुहाइले बताएकी थिइन्। उनको आरोपपछि शुहाइले चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएर बेपत्ता पारेका छन्।

 



प्रतिक्रिया दिनुहोस्