Logo

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचन तालिका सार्वजनिक: पुस २० गते मनोनयन, माघ १२ मा मतदान



काठमाडौँ, २१ मङ्सिर। निर्वाचन आयोगले आगामी माघ १२ गते गर्ने राष्ट्रियसभा निर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ । आयोगले आज (मंगलबार) निर्वाचन कार्यतालिका स्वीकृत गर्दै तालिका सार्वजनिक गरेको हो । आयोगका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ देखि १० गतेसम्म दर्ता समय तोकिएको छ।

यस्तो छ निर्वाचन कार्यतालिका :

पुस १७ गते- निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन

पुस १८ र १९ गते- उम्मेदवारीमाथि परेका निवेदन तथा उजुरी उपर छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने

पुस २० गते- उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने

पुष २१ गते- उम्मेदवारको विरोधमा उजुरी दिने

पुस २२ र २३ गते- मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने

पुस २४ गते- उम्मेदवारले नाम फिर्ता लिने

पुस २५ गते– उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने

माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने



प्रतिक्रिया दिनुहोस्