Logo

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल



काभ्रेपलाञ्चोक, २१ मङ्सिर : ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल सुरु गरिएको हो ।

नमोबुद्ध नगरपालिकाको ११ वडास्थित आफ्नो क्षेत्रको नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो । “नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल सुरु भइसक्यो, यसका लागि प्रक्रिया थालिएको छ” नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot