Logo

भक्तपुरस्थित ‘जर्मन पार्टी प्यालेस’मा एमाले बैठक बस्ने



काठमाडौँ, २१ मङ्सिर। नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । यही मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने जनाइएको छ ।

बैठक बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । बैठकको मिति चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशन हलमै अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका थिए । स्थान भने मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो । केन्द्रीय कमिटीले स्थायी कमिटी र पोलिटब्युरो कमिटी गठन गर्नेछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्