Logo

नेकपा माओवादी केन्द्र समाजवादीद्धारा एमसीसी खारेजीको लागि आन्दोलन घोषणा, संसद्बाट पारित गरिए जनसंघर्षमा उत्रिने चेतावनी



काठमाडौं, २१ मंसिर । कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजवादीले एमसीसी सम्झौतालाई राष्ट्रघातीको संज्ञा दिएको छ । र, यसलाई लागु नगर्न जोडदार माग गर्दै जबरजस्ती संसद्बाट पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको हो ।

कार्यक्रममा एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा लाखौ जनताको हस्ताक्षर अभियान संचालन गर्ने भएको जानकारी दिएको हो । समाजवादीले हस्ताक्षर कार्यक्रम सफल पार्न सम्पुर्ण राजनीतिक दल,नागरिक समाज, आम नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले नेपाल र नेपाली जनताको हितमा एमससी सम्झौता नभएको स्पष्ट पारे । उनले सम्झौता नेपालको परराष्ट्र नीतीको विरुद्धमा भएको पनि जिकीर गरे । नेपालमा मात्र अमेरिकी ७२ वटा आइएनजिओ भएको भन्दै उनीहरुको बारेमा आफुहरुले विरोध नगरेको पनि बताए ।

‘डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धि बैठक हुने जानकारी दिँदै उनले भने, ‘डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धि बैठक हुँदैछ र नेपालमा पनि सोही दिन संसदको अधिवेशन हुँदैछ । यही विषयलाई लिएर अमेरिकामा र नेपालमा जुन बहस हुँदैछ यसैलाई आधार बनाएर देशका सच्चा नेपालीहरु र राजनीतिक दलका नेताहरु समयमै ऐतिहासिक पहलकदमीमा अघि बढ्नुपर्ने बेला भएको छ ।’

बुढाथोकीले भोलि हुने पश्चातापलाई आजै महसुस गरी सम्झौता नै खारेज गर्नुपर्नेमा जोड दिए । नेपालमा एमसीसी मंसिर २८ गते संसदबाट हुने पास गराउन अमेरिकी सरकारले अन्तिम अल्टिमेटम दिएको भन्दै सोही अल्टिमेटम अनुसार शेरबहादुर देउवा सरकारले २८ गते नै संसद अधिवेशन आह्वान गरेकोमा उनले आपत्ति जनाए ।

जटिल र संवेदनशिल राजनीतिक घटनाक्रमलाई मध्य नजर गर्दै देउवा सरकार समक्ष राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्नुको विकल्प नरहेको पनि उनको भनाई थियो । उनले आम जनताको तिव्र विरोध र आपत्तिको बाबजुद पनि जबरजस्ती संसदबाट एमसीसी सम्झौता पास गराएको खण्डमा आफ्नो पार्टी कडा भन्दा कडा जनसंघर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिए ।

उनले आफ्नो पार्टी एमसीसी पास गर्न हुन्न भन्ने लाखौ जनताको हस्ताक्षर संकलन गर्न लागेको समेत जानकारी दिए । नेपाली जनताको भविष्यको लागि र अखण्ड नेपालको रक्षार्थ लागि पनि आफुहरुले हस्ताक्षर अभियान संचालन गर्न लागेको उनको भनाई थियो । नेपाली जनताको सम्मान गर्न नसक्नेले नेपालमा राजनीति गर्नुको कुनै अर्थ नहुने उनले बताए ।

नेपाली जनताको लागि कुनै पनि हिसाबले एमसीसी सम्झौता हितमा नभएको भन्दै लाखौ जनताको हस्ताक्षर गरेर बुझाउँदा पनि मागको सुनुवाई नभएमा आफ्नो पार्टी जे गर्न पनि तयार हुने उनले बताए । नेपालले नचाहाँदै नचाहाँदै पनि अफगानस्तानको अवस्थामा पुग्न सक्ने उनको भनाई थि

 



प्रतिक्रिया दिनुहोस्