Logo

अहिले प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थानविन्दु होईन, अन्त्य हो : अध्यक्ष ओली



काठमाडौं, २१ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अवकाश भनेको प्रस्थानविन्दु नभएर अन्त्य हुने बताएका छन् । आज बारको पदाधिकारीको नेतृत्वमा गएका अधिवक्ताहरुको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सम्बोधनको सुरुवातमै भने–‘मैले अस्तिपनि भनेको छु, क्यान्सर भएको छ भने कुखुरा मन्साएर, धरो चढाएर, अण्डा मन्साएर त्यसको उपचार हुँदैन् । तपाईँहरुका थुप्रै कुरा जायज छन् । कुनै विन्दु एउटा प्रस्थानविन्दु हुनसक्छ, तर प्रस्थानविन्दु होईन नि, अहिले प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थानविन्दु होईन, अन्त्य हो । त्यसबाट न्यायिक सुधारको यात्रा अगाडि जान्छ भन्ने होईन । त्यो त्यहीँ पुर्०ाविराम लाग्छ।’

शेरबहादुरजी नै चोलेन्द्रजीलाई निकाल्दिन भन्नुहुन्छः ओली



प्रतिक्रिया दिनुहोस्