Logo

कुमारी किशोरीलाई हाइप्रोफाइलसम्म सेक्सका लागि यो जोडीले यसरी पुर्याउँथे



एजेन्सी, २१ मंसिर । उनी कुमारी किशोरीहरुलाई हातमा पार्न लगाउँथे । उनीहरुको खर्चबर्च हेर्न लगाउँथे । विस्तारै हातमा पारेपछि हाइप्रोफाइलको भोगको साधन बनाउँथे ।

कम उमेरका कुमारी किशोरीहरुलाई हाइप्रोफाइल पुरुषसँग यौनसम्बन्ध राख्ने नियोजित योजना बुन्थे । निजी विमानबाट निजी टापु सम्म लगेर यौनधन्दा चलाउँथे । उनको निजी विमानमा अमेरिकाका पूर्वराष्ट्रपतिहरु बिल क्लिन्टन र डोनाल्ड ट्रम्पले पनि यात्रा गरेको खुलेको छ ।

उनी हुन् इपस्टिन । जसले कम उमेरका र विशेषगरी कुमारी किशोरीहरुलाई हाइप्रोफाइलको भोग्य साधन बनाउँथे । त्यो उनको धन्दा नै थियो ।

इपस्टिनले कुमारी किशोरीको व्यवस्था गर्न महिलाहरुलाई खटाउँथे । जसमध्ये गिलसेन म्याक्सवेल पनि थिइन् । ५९ वर्षीया म्याक्सवेलले किशोरीहरु तयार पार्थिन् ।

अक्सफोर्ड विश्वविद्यालयमा पढेकी उनी धेरै भाषा प्रष्ट बोल्थिन् । पत्रिकाका मालिक रोबर्ट म्याक्सवेलकी छोरी हुन् । उनी इपस्टिनको केटी साथी थिइन् ।

जेफरे इपस्टिनसँग धन्दामा जोडिएकाहरुबारे अहिले अमेरिकाको अदालतले बयान लिने क्रम बढाएको छ । त्यस क्रममा धेरै तथ्यहरु खुल्न थालेको छ । इपस्टिनले किशोरीहरु खोज्न लगाएका महिलाहरु अदालतको कठघरामा उभ्याइएका छन् । जसमध्ये सभ्रान्त पृष्ठभूमिकी म्याक्सवेल पनि हुन् । उनीमाथि दोष प्रमाणित भए ८० वर्ष जेल सजाय हुनेछ ।

कतिपय किशोरीहरु इपस्टिनको यौनधन्दाको पासोमा पर्दा १४ वर्षका पनि थिए । अधिकांशको उमेर १६ देखि १८ वर्षको थियो । उनीहरु हाइप्रोफाइलहरुको भोगका लागि खटाइन्थे ।

जेफरे इपस्टिेनले जेलमै आत्महत्या गरिसकेका छन् । उनले अमेरिकी पूर्वराष्ट्रपतिहरु बिल क्लिन्टन, डोनाल्ड ट्रम्प, बेलायतका राजकुमार एन्ड्रीउ जस्ता हाइप्रोफाइलसँग सम्बन्ध बनाएका थिए । उनीहरुलाई निजी टापुमा समेत लान्थे । एन्ड्रीउले कम उमेरकी किशोरीसँग यौनसम्बन्ध बनाएको विषय चर्चामा छ । किशोरीसँगको तस्बिर पनि सार्वजनिक भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्