Logo

सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभल २०२१ स्थगित



एजेन्सी, २१ मङ्सिर। सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभल २०२१ लाई स्थगित भएको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएसँगै सिक्किम सरकारले फेस्टिभललाई स्थगित गरेको हो । सिक्किम राज्यको संचार विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरिएन्टको कारण फेस्टिभल स्थगित गरिएको जानकारी दिएको छ ।

सुचनामा मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले फेस्टिभललाई तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।फेस्टिभल डिसेम्बर १० देखि १४ सम्म आयोजना हुन लागेको थियो । फेस्टिभलमा भाग लिन दुईदर्जन नेपाली फिल्ममेकर र भुटानी निर्मातालाई निम्तो दिइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्