Logo

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ



सप्तरी, २१ मंसिर । प्रहरीलाई हातपात गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बोदेबरसाईन नगरपालिका–९ स्वर्णपट्टी चौकमा ड्उटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा सोही नगरपालिका–३ जाजर टोल बस्ने २४ वर्षीय अर्जुन कुमार दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दासले प्रहरीलाई अनावश्यक अश्लील शब्द प्रयोग गरी गाली गर्दै हिँडेको अवस्थामा प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उल्टै प्रहरी कर्मचारीमाथि हातपात समेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्