Logo

उत्तर प्रदेशमा राइलफ देखि मल कारखानासम्म



एजेन्सी, २१ मंसिर । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा दुईवटा कारखानाको चर्चा भएको छ । जसमध्ये एउटा हतियार कारखाना हो भने अर्को रसायनिक मलको कारखाना हो ।

उत्तर प्रदेशको अमेठी जिल्लामा एके २०३ राइफलको उत्पादन हुने भएको हो । रुसले डिजाइन गरेको राइफल दुई देशको संयुक्त उत्पादन हुनेछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणको ठिक केही घन्टा अघि हतियार उत्पादनसम्बन्धी सम्झौता भएको हो ।

भारतमा एके २०३ सात लाख प्रति उत्पादन हुनेछ । यो ५० अर्ब भारु बराबरको सम्झौता हो ।

यसैगरी, उत्तर प्रदेशमा आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मल कारखानाको उद्घाटन गरेका छन् । गोरखपुरमा ८६ अर्ब भारु लागतमा मल कारखाना बनाइएको हो । यसले प्रत्येक वर्ष १२ लाख ७० हजार मेट्रिक टन युरिया उत्पादन गर्नेछ ।

१४९.५ मिटर अग्लो पिलरसहितको प्लान्ट सन् २०१६ बाट निर्माण सुरु भएको थियो । झण्डै ५ वर्षमा निर्माण पूरा भएको छ । यो कारखाना प्राकृतिक ग्याँसबाट चल्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्