Logo

प्रधानन्यायाधीश राणाको बहिर्गमन जटिलः ओली



जनकपुरधाम, मंसिर २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमन न्यायालय सुधारको प्रस्थानबिन्दु नभई अन्त्य भएको बताएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारी ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाअभियोगले मात्रै न्यायिक सुधार नहुने बताएका हुन् ।

उनले प्रधानन्यायाधीश राणा हट्दैमा मात्र न्यायालय सच्चिने अवस्था नरहेको भन्दै जबरालाई मात्रै महाअभियोग लगाएर न्यायालयमा देखिएको समस्या समाधान नहुने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले क्यान्सरको उपचार कुखुरा, अण्डा मन्साएर र धजो बाँधेर नहुने टिप्पणी गरे।

५ दलीय गठबन्धनलाई गुन लगाएका कारण अहिले प्रधानन्यायाधीश राणा राजीनामा नदिई बसेको पनि ओलीले टिप्पणी गरे । ओलीले प्रधानन्यायाधीशमाथि महाअभियोग नै लगाउनुपर्ने अवस्था भए पहिला सत्तारूढ गठबन्धनले प्रस्ताव ल्याउनपर्ने तर त्यो सम्भावना नदेखिएको बताए।

अध्यक्ष ओलीले नेपाल बार एसोसिएसनले न्यायालय शुद्धीकरणका सन्दर्भमा उठाएको माग २५ प्रतिशत मात्रै रहेको टिप्पणी गर्दै यसलाई पूर्णता दिनुपर्नेमा जोड दिए । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने माग राखी आन्दोलित बार पदाधिकारीलाई ओलीले परमादेशको फैसला गर्ने सबै न्यायाधीशसमेत दोषीको भागिदार हुने संकेत गरे । बारसँग ओलीले आफ्नो पुरानै अडान दोहो(याउँदै भने– ‘महाभियोग लगाउने भए असार २८ मा भएको फैसला गर्ने सबै न्यायाधीशलाई महाभियोग लगाउनुपर्छ ।’

उनले दोहोरो चरित्र भएका नेताहरुले दिएको आश्वासनमा विश्वास नगर्न भन्दै एमालेसँग महाअभियोग संसद्बाट पास गर्न दुई तिहाइ नभएको उल्लेख गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्