Logo

शेरबहादुर देउवाको जीवन मुलुकका लागि समर्पण छ, शीर्ष नेताहरूले विश्राम लिनुहुँदैन : गृहमन्त्री खाँण (भिडिओसहित)



काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति शेरबहादुर देउवाको जीवन मुलुकको लागि समर्पण भएको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खाँणले यस्तो बताएका हुन् ।

उनले भने, “शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुको आवश्यकता अहिले पनि छ, मुलुक संकटमा छ, यदि यो गठबन्धनलाई हामीले बचाइएन भने के होला ? राजनीतिक अवस्था कस्तो होला ? राजनीतिलाई सहमतिको साथ अगाडि बढाउन सक्ने किन नसक्ने ? यी जोखिमलाई पार गर्दै सहकार्य र सहमतिको दिशामा अघि बढ्ने अवस्था छ । यो गम्भीरता पार्टीका शीर्ष नेताहरुमा देखिएकोे छ ।” मुलुकलाई राजनीति दुर्घटनाबाट बचाउनको लागि पहिलो तहका नेताहरुले विश्राम लिन नहुने आफूहरुको भनाई रहेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्