Logo

नजिकका मिल्ने साथीले गरे श्रेष्ठको हत्या



भक्तपुर, २२ मंसिर । भक्तपुरको बालकोटमा मंगलबार राष्ट्रिय युवा संघका जिल्ला सदस्य ३३ वर्षीय राजन श्रेष्ठको हत्यामा सम्लग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै नजिकका साथीहरु हेमन्त श्रेष्ठ र प्रेम विक रहेका छन् ।

उनीहरुले हनुमन्ते खोला नजिक निर्घात कुटपिट गरेका थिए । पक्राउ परेका २ जनालाई प्रहरीले केहीबेरमा सार्वजनिक गर्ने भएको छ ।

श्रेष्ठको राजनीतिक कारण हत्या नभएको भन्दै सामान्य लेनदेनको विषमा कुटपिट हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले तिर्नुपर्ने २ लाख रुपैयाँको विषयमा विवाद बढ्दै जाँदा घटना भएको प्रहरीको भनाई छ । सुर्यविनायक नगरपालिका–२ बालकोट नजिकै खाली जग्गामा बुधबार श्रेष्ठ मरणासन्न अवस्थामा फेला परेका थिए । उनको टाउकोमा गहिरो चोट लागेको छ । श्रेष्ठलाई उपचारको लागि अस्पताल लगेलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्