Logo

भूकम्पपछिको पुनःनिर्माण ९० प्रतिशत सम्पन्नः अर्थमन्त्री शर्मा



काठमाडौं, २२ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै निर्माण प्रविधि र क्षमतामासमेत वृद्धि भएको बताएका छन् ।

भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई आज सम्बोधन उनले भूकम्पले क्षति भएका निजी आवास यसै वर्ष पुनःनिर्माण सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी दिएका थिए ।

कार्यक्रममा श्रव्यदृश्य सन्देशमार्फत भारतीय विदेशमन्त्री एस जयशङ्करले साढे छ वर्षअघिको भूकम्पले क्षति पुगेका २८ वटा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा भारतले सहयोग गरेको बताएका थिए । विद्यालय भवन, स्वास्थ्य संस्था र पुस्तकालय पुनःनिर्माणमा पनि भारतले सहयोग गरेको उनले सुनाएका थिए । तस्विरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्