Logo

भारतका रक्षा प्रमुख रावत चढेको दुर्घटनाग्रस्त हेलिकोप्टरमा १४ मध्ये १३ को मृत्यु



एजेन्सी, २२ मंसिर । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएपनि एकजना मात्र जिवित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, जिवित रहेका एकजना को हुन् अझै खुलाइएको छैन ।

भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि हेलिकोप्टरमा थिए । उनको उद्धार गरी अस्पताल लगिएको उल्लेख थियो । तर, अवस्थाबारे केही बताइएको छैन । भारतका रक्षामन्त्री राजनाथ सिंह रावतको घर पुगेका छन् ।

हेलिकोप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ । अरु यात्रुबारे खुलाइएको छैन ।

आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा आज दिउँसो दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको थियो ।

भारतमा दुर्घटनाग्रस्त हेलिकोप्टरबाट उद्धार गरिएका ३ को अवस्था चिन्ताजनक

भारतका रक्षा प्रमुख रावत चढेको दुर्घटनाग्रस्त हेलिकोप्टर (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्