Logo

भारतका रक्षा प्रमुख विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु



एजेन्सी, २२ मंसिर । सैनिक हेलिकोप्टर दुर्घटनामा परी जिवितै उद्धार गरिएपनि भारतका रक्षा प्रमुख जनरल विपिन रावतको मृत्यु भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार दिउँसो रावत चढेको होलिकोप्टर तामिल नाडुको कुनरमा दुर्घटना भएको थियो । पहाडमा खसेको हेलिकोप्टरमा आगो लागेको थियो । तत्काल उद्धार गरी तीन जनालाई जिवितै अस्पताल लगिएपनि एकजना बाहेक सबैको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा रावत पनि परे ।

१४ जना सवार हेलिकोप्टरमा भारतका रक्षा प्रमुख रावत सहित परिवारका सदस्य र उच्च सैनिक अधिकारीहरु पनि सवार थिए । हेलिकोप्टरमा रक्षा प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल थिए । उनीहरु सबैको मृत्यु भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्