Logo

बारकै कोषाध्यक्ष पोखरेलको आरोप : बार र हड्ताली न्यायाधीशहरुको आन्दोलनको उद्देश्य दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने हो (भिडिओसहित)



काठमाडौं, २२ मंसिर । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले बारको नेतृत्वले सर्वोच्च अदालतको नेतृत्व परिवर्तनको लागि मात्रै आन्दोलन गरेको टिप्पणी गरेका छन् । यही मंसिर २० गते एभिन्युज टेलिभिजनमा प्रशारित एक अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् । उनले बारले नीति परिवर्तनको लागि आन्दोलन नगरेको सुनाए ।

उनले न्यायाधीश नियुक्ती न्यायपालिकाको समस्याको जड हो भने न्यायाधीश दीपककुमार कार्कीको विरुद्धमा हामी किन बोलेनौं ? भन्दै उनले प्रश्न पनि उठाए । पोखरेलले बार र हड्ताली न्यायाधीशको आन्दोलनको उद्देश्य नै वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाएर दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने र मुद्दामा पनि चलखेल गर्ने रहेको सुनाए ।

उनले सर्वोच्च अदालतमा इजलाश बहिष्कार गर्ने न्यायाधीशहरुलाई हड्ताली र विद्रोही न्यायाधीशहरुको संज्ञा दिए । उनले भने-“उहाँहरुले के मुखले र कसरी न्याय निरुपण गर्नुहुन्छ म आँफै अचम्ममा छु । मलाई छक्क लागेको छ। मैले त फैसला गर्न पनि बिर्सिसक्नुभयो होला भनेको, अहिले त फैसला गर्न थाल्नुभएको छ । उहाँहरुको काम त ल क्याम्पसमा गएर पोलिटिक्स गर्ने हो, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्ने भाको छ। त्यो दर्जामा आउनुभएको छ ।”

Video Source: Save Judiciary Nepal/TikTok

@savejudiciarynepal

#nepalbarassociation #savejudiciary #goviral #wewantjustice #FYP #bittertruth #shambuthapa #goviral

♬ original sound – savejudiciarynepal

@savejudiciarynepal

#nepalbarassociation #savejudiciary #goviral #wewantjustice #bittertruth #FYP #nepal #supremecourt #risidhamala #Nepal

♬ original sound – savejudiciarynepal



प्रतिक्रिया दिनुहोस्