Logo

विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज भारतीय संसद्मा जानकारी गराउने



भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज मात्र संसद्मा जानकारी दिने भएका छन् ।

हिजो (बुधबार) तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको थियो । दुर्घटना लगत्तै रक्षामन्त्री सिंहले रावतको घर पुगेर परिवारसँग भेट गरेका थिए।

रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै, सीडीएस रावतको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

‘भारतका रक्षा प्रमुख रावत चढेको दुर्घटनाग्रस्त हेलिकोप्टरमा १४ मध्ये १३ को मृत्यु’

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot