Logo

पुनः अस्पताल भर्ना भए पेले



काठमाडौं, २३ मंसिर । ब्राजिलीयन लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।

कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् ।

उनी अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएको बताइएको छ ।

पेलेले सामाजिक संजालमार्फत आफु अस्पताल भर्ना भएको जानकारि दिएका छन् ।

पछिल्लो वर्षमा पेलेको स्थास्थ्यमा बिभिन्न समस्याहरु देखिरहेका छन् ।

८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थियो ।

तिन पटकका विश्वकप विजेता पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै उनका डाक्टरले उनी केहि दिनमै डिस्चार्ज हुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम