Logo

अध्ययनको निष्कर्ष: दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण झन् धेरै भयावह



भारतको राजधानी दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अध्ययनले बताएको छ । वायुको धुलोमा हुने कण पिएम २ दशमलव ५ सडकमाभन्दा घरभित्र बढी देखिएको अध्ययनले देखाएको हो । ‘नयाँ दिल्ली बारम्बार विश्वकै सबैभन्दा प्रदूषित शहर’ सावित भएको समेत अध्ययनमा उल्लेख छ । यसका बाबजुद अधिकांश घरपरिवारले प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ ।

युनिभर्सिटी अफ कोशिकाको इजर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० सम्म गरेको सर्वेक्षणमा प्रदूषणबाट दिल्लीका धनी र गरीब सबै परिवार प्रभावित भएको उल्लेख छ । तर, गरीबभन्दा बढी आम्दानी भएका घर परिवारमा वायु स्वच्छ राख्ने संयन्त्र भने १३ गुणा बढी भएको अध्ययनमा जनाइएको छ ।

‘तर, समग्रमा भन्नुपर्दा धनी तथा गरीब जोसुकै भए पनि स्वच्छ हावा पाउनबाट बन्चित छन्,’ अध्ययन टोलीका लेखक केनिथ लीले भनेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर ७० मानिसको ज्यान जाने गरेको छ । विज्ञहरूले धेरै मानिसहरूमा वायु प्रदूषणको घरभित्रै असर हुने बताउँछन्। ईपीएका अनुसार घरभित्र वायु प्रदूषण बाहिरभन्दा दुईदेखि पाँच प्रतिशतले बढी हुन्छ।

भारतमा संसारका सबैभन्दा प्रदूषित ३० मध्ये २२ सहर छन्। त्यहाँ वार्षिक वायु प्रदूषणका कारण १० लाखभन्दा बढी मानिसको अकालमै मृत्यु हुने बताइन्छ।-Photo Source: BBC



प्रतिक्रिया दिनुहोस्