Logo

बारको आन्दोलन आजपनि जारी



काठमाडौं, २३ मंसिर । नेपाल बार एशोसिएशनले आजपनि आन्दोलन जारी राखेको छ। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेका छन् । आजपनि बारको प्राङ्गणमा कानून व्यवसाीयहरुले विरोध तथा प्रदर्शन जारी राखेका हुन् ।

उता, सर्वोच्च अदालत भने नियमित रुपमा सुचारु भैसकेको छ। हड्ताली न्यायाधीशरु पनि इजलासमा फर्किसकेका छन् । तर, बारले भने प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन जारी राखेको छ। उसले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot