Logo

सर्वोच्च अदालतको अहिलेको आन्दोलनले न्यायालय सुधार हुँदैन, यो न्यायाधीशहरुको गुटको झगडा हो : प्रदीप ज्ञवाली



काठमाडौं, २३ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिले सर्वोच्च अदालतमा देखिएको हड्ताल न्यायाधीशहशरुको गुटको झगडा भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

ज्ञवालीले अहिले सर्वोच्च अदालतमा भैरहेको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको रुपमा चित्रण गरे । सम्बोधनको क्रममा उनले भने,‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला, कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला ।’

ज्ञवालीले अहिले बार र सर्वोच्च बारको आन्दोलनबाट न्यायालयमा सुधार नहुने दाबी गरे । यसअघि पनि अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउँदैमा न्यायालयभित्रको समस्या समाधान नहुने बताईसकेका थिए । एमालेले कुनैपनि हालतमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन नहुने अडान राख्दै आएको छ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot