Logo

कांग्रेस महाधिवेशन शुरू, उम्मेदवारी दर्ता भोलि



काठमाडौं, मंसिर २४। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट शुरू भएको छ । ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने यो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटनका लागि भृकुटीमण्डपमा ४० लाख रुपैयाँको लागतमा ठूलो मञ्च तयार पारिएको छ ।

उम्मेदवारी मनोनयन भोलि शनिबार हुने भए पनि प्यानलसहित नेतृत्व दाबीको तयारीमा लागेका शीर्ष नेताहरूले पद बाँडफाँड अझै मिलाउन सकेका छैनन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वका लागि चुनावी मैदानमा उत्रने निश्चित भए तापनि पदाधिकारीका आकांक्षी धेरै भएकाले बिहीबार राति अबेरसम्म पनि प्यानल निर्माण हुन सकेको छैन ।

देउवा पक्षका नेता महेन्द्र यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार सभापतिको उम्मेदवारमा कुनै विवाद नभए पनि पदाधिकारीको उम्मेदवार मिलाउन जारी छलफल सहमति नजिक पुगेको छ । आफ्नो पक्षमा ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि रहेको भन्दै ढुक्क भएका देउवाविरुद्ध संस्थापनइतर समूहबाट एकमात्र साझा उम्मेदवारी दिने प्रयास अझै सफल भएको छैन । नेपाल सचाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्