Logo

१४औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ : मिनेन्द्र रिजाल



काठमाडौँ, २४ मङ्सिर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने बताएका हुन् ।

उनले भने, ‘मतगणना सकिएको दिन उहाँ (देउवा) निवर्तमान सभापति बन्नुहुनेछ, तर प्रधानमन्त्रीमा उहाँ नै निरन्तर रहनुहुन्छ । चुनाव देउवा नै प्रधानमन्त्री रहेर गर्ने हो’, ।

अहिले कै नेतृत्व लिएर पार्टी चुनावमा जादा बहुमत नआउने हो कि भन्ने चिन्ता रहेको उनले बताए । ‘अहिलेको नेतृत्व, अनुहार लिएर चुनावमा जाँदा जनताले पत्याउँदैनन् कि भन्ने छ,’ उनले भने। कांग्रेसमा अहिलेको नेतृत्व परिवर्तन भए नयाँ अनुहार लिएर चुनावमा जान पार्टीलाई सहज हुने उनको भनाई छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्