Logo

भारतीय किसान आन्दोलन स्थगित



एजेन्सी, २४ मङ्सिर। भारतीय किसानले आजबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत वर्षबाट विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले भोलिदेखि धर्नास्थबाट घर फर्किने भएका छन् । किसानका अनुसार हाललाई आन्दोलन स्थगित गरे पनि एक महिनामा समिक्षा बैठक बस्ने जनाइएको छ ।

उनका आुसार केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता गरे फेरि आन्दोलन गर्ने उनको चेतावनी छ । गएको महिना प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हित विपरीत रहेको भनिएका तीन वटा कानुन खारेज गर्ने निर्णय गरेका थिए । कृषि क्षेत्र किसानको हातबाट ठूला व्यापारीको हातमा पुग्ने कानुन ल्याएको भन्दै किसान एक जुट भएर आन्दोलन थालेका थिए । यस्तै, उनीहरुले कृषि उपजको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न र किसानमाथि लागेको सबै मुद्दा फिर्ताको माग राखेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot